पूर्वाञ्चल खबर
प्रहरी तालिम केन्द्रका प्रमुख समादेशक (एसएसपी) शहकुलबहादुर थापाका अनुसार प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा आज दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते भएका हुन् । यादवको देव्रे हातको हत्केला पार गरेर गोली बाहिर निस्किएको छ । उनी प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक थिए ।
प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ गराउने क्रममा दिउँसो २ बजे घटना भएको हो । ‘नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्कियो,’ एसएसपी थापाले भने, ‘त्यही बेला सफा गरेर पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर घटना हुन गयो ।’ सावधानी नअपनाइकन हतियार चलाइएका कारण पनि घटना भएको जनाइएको छ । तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका प्रहरी जवान यादवलाई थप उपचारका लागि दिउँसो साढे ३ बजे काठमाडौं लगिएको छ । यादवको अवस्था भने खतरामुक्त रहेको गोल्डेन अस्पतालले जनाएको छ ।