पूर्वाञ्चल खबर
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले मङ्सिर १६ गतेदेखि २२ गतेसम्म आयोजना हुने अन्नपूर्णा फूटसल प्रतियेगितामा नेपालका क वर्गका ८ वैङकको सहभागिता रहने जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफि हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफि हात पार्ने आयोजकले जनाएको छ ।
दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह ए मा नेविल, सिटिजन्स, सानिमा र समुह वि मा मेघा, जनता र नेपाल वैंङक रहेको छ । बाकी २ टिमको पछि टुङ्गो लगाउँने खेल सम्योजक शुभम भट्टराईले जानकारी दिए । सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।