RUMPUM
animated ellipse animated ellipse

सौगात बचतले हाफ मैराथन प्रतियोगिता गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७५, बिहीबार १५:५२
3
Shares
विराटनगर / विराटनगर–१३ स्थित सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार विहान हाफ मैराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहाँ रहेको विद्यालयमा अध्ययरत विद्यार्थीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सहकारीले विराटनगर–१२, १३ १४, १५ र १६ नम्बर वडामा रहेको विद्यालयको विद्यार्थीहरूलाई लक्षित गरि प्रतियोगिता गर्न लागेको सहकारीका अध्यक्ष छत्रबहादुर तामाङ्गले जानकारी दिए । ३ किलोमिटर हुने हाफ मैराथुन प्रतियोगिताको प्रथम हुनेले ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक विष्णु डंगोलले बताए । सो प्रतियोगितामा छात्र र छात्राहरूले भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर