AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले समुदायमा आधारित वन व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने लक्ष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७५, मंगलवार १८:५९
3
Shares
पथरी / सरकारले समुदायमा आधारित वन व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने लक्ष लिएको प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले बताए ।

आज मोरङको पथरीशनिश्चरे साझेदारी वन समूहको वार्षिक साधारणसभाका अवसरमा सचिव ढुंगानाले यस्तो बताएका हुन् । समुदायमा आधारित वैज्ञानिक वन व्यवस्थापन वन ऐन २०४९ मै उल्लेख भएर आएकोले सामुदायिक वनहरु संस्थागत हिसाबले सुदृढ भइसकेको सचिव ढुंगानाले बताए । समुदायमा आधारित साझेदारी वनको अवधारणा अलि पछि आएको भएपनि सामुदायिक वन र साझेदारी वन समूहहरुले गरिवी न्यूनिकरणका लागि ठूलो योगदान गरेको ढुंगानाले चर्चा गरे ।

यसैगरी, डिभिजन वन कार्यालय मोरङका प्रमुख विजयराज घिमिरेले प्रदेश नं. १ मा साझेदारी वनको अवधारणा मोरङमा मात्र लागू भएको जानकारी गराउँदै साझेदारी वन समूहले जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई सेवा दिइरहेको बताए । मोरङमा चारवटा साझेदारी वनमा वैज्ञानिक व्यवस्थापनको पद्धतीबाट वनको व्यवस्थापन गरी दक्षिण भारतको सिमानासम्मका नागरिकलाई वन पैदावर उपलब्ध गराउँदै आएको उनले बताए । उनका अनुसार वैज्ञानिक व्यवस्थापन पद्धती अन्तरगत वनलाई ८० वर्षे विभिन्न खण्डमा विभाजन गरी वर्षौं पुराना, रोगी, मरेका रुख निकालेर फ्रेस विरुवा उत्पादन गर्ने कार्य भइरहेकोसमेत बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, लेटाङ नगरपालिका वडा नं. ९ का अध्यक्ष कृष्णप्रसाद लुइटेललगायतले बोलेका थिए । कार्यक्रममा वन संरक्षणमा महत्वपूर्ण योगदान गरेको भनी विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम पथरीशनिश्चरे साझेदारी वन समूहका संयोजक प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पथरीशनिश्चरे साझेदारी वन समूह २ हजार ३ सय १५ दशमलब ९६ हेक्टरमा फैलिएको छ भनें ५ हजार ४ सय १३ घरधुरीलाई वन पैदावर उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर