RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीमा लागेको आगलागी नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०७५, मंगलवार १७:१३
3
Shares
उर्लाबारी / उर्लाबारी ७ इटहरा रोड पुरानो दुर्गा टाकिजको पश्चिम पटि होलसेल किराना पसल रहेको भक्तिराम अधिकारीको घरमा आज १ बजे विद्युत सर्ट भई लागेको आगलागी नियन्त्रण भएको छ ।

सो आगलागीका कारण घर तथा किराना पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा कोही मानिस नभएको कारण धनमाल जोगाउन नसकिएको हो । आगलागी नियन्त्रणको लागि उर्लाबारी प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, दमक, गौरादह, सुन्दर हरैचा, विर्तामोड, इटहरी र धरान उपमहानगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर