RUMPUM
animated ellipse animated ellipse

थापालाई लाइफ टाईम मेम्बरसीप अवार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७५, आईतवार १९:३२
3
Shares
विराटनगर / विराटनगर जुनियर जेसिजले २३ औ बार्षिकोत्सवको अवसरमा पूर्व अध्यक्ष अभिनास थापालाई लाइफ टाईम मेम्बरसीप अवार्डले सम्मानित गरेको छ ।

थापालाई विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देसदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिजका अध्यक्ष राजेन्द्र थपलिया, जुनियर जेसिज अध्यक्ष मिलाप कर्णले सम्मानित गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष रमित श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष डा. श्रेष्ठले यूवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने क्रममा विराटनगर जुनियर जेसिजले फरक पहिचान बनाउन सफल भएको बताए । नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेलले विराटनगर जुनियर जेसिजप्रति सदैब साथ र सहयोग रहने बताए । सम्मानित राष्ट्रिय जुनियर जेसिज संयोजक अभिनास थापाले नेपालभरी आफू चिनिनुमा विराटनगर जुनियर जेसिज नै रहेको बताए । सो अवसरमा जुनियर जेसिज क्षेत्र क संयोजक बादल दाहाल, पूर्व अध्यक्ष सन्दीप दास श्रेष्ठलगायतले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर