AArya
RUMPUM
animated ellipse animated ellipse

करणीको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७५, शुक्रबार १७:०९
3
Shares
सुनसरी / सुनसरीको देवानगंज गाउँपालिका ७ बाट आज जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने १ जना फरार रहेका छन् ।

करणीको आरोपमा सोही स्थान बस्ने २५ वर्षिय दिपककुमार यादवलाई पक्राउ गरिएको छ भने सोही स्थान बस्ने २२ वर्षिय बालगोपाल यादव फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुले सोही स्थान बस्ने ३० वर्षकी महिलालाई कुखुराको फारममा जवरजस्ती करणी गरेको भनी पिडितले दिएको उजुरीको आधारमा दिपककुमार यादवलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका यादव र पिडित महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर