AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक सञ्जालबाट साढे १६ लाख ठगि गर्ने ३ भारतीयसहित ७ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७५, बिहीबार १८:५१
3
Shares
विराटनगर / चिठा प¥यो भन्दै भाइबरबाट ठगि गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले तीन जना भारतीय र चार नेपाली गरि सात जनलाई विराटनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले भारत विहार राज्य अररियाको फारविसगन्ज बस्ने २५ वर्षिय मनोजकुमार ठाकुर, सोही ठाउँका २३ वर्षिय चन्दनकुमार भगत, २८ वर्षिय पकजकुमार साह, मोरङ कटहरी गाउँपालिका ४ बस्ने २० वर्षिय खगेन्द्रप्रसाद रौनियार, सोही ठाउँका २२ वर्षिय प्रेमकुमार साह, २५ वर्षिय रमेशकुमार साह र जहदा गाउपालिका ७ का २० वर्षिय टुन टुन साहलाई पक्राउ गरेको हो ।

नेपालमा आएर ठगि गर्ने भारतीयले साढे १६ लाख रुपैयाँ ठगि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चिट्ठा प¥यो भन्दै भाईबर र इमोमार्फत ठगी गर्ने तीन जना भारतीय मुलका नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपालको विभिन्न ठाउँका व्यक्तिको साथबाट प्रहरीले नेपाली रुपैयाँ ३५ हजार, भारू ३० हजार, मोबाइल, न्यूज क्राइम २४ डटकमबाट जारी गरिएको प्रेस रिपोर्टर लेखिएको परिचयपत्र समेत बरामद गरेको छ । देशका विभिन्न ब्यक्तिबाट १६ लाख ५७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान शुरू गरिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर