CLASSICTECH NET

जुवा खेल्ने विराटनगरका व्यापारीहरु ६० हजार धरौटीमा छुटे

खबर पूर्वाञ्चल, २८ कार्तिक २०७५, बुधबार १९:५३

विराटनगर / विराटनगरका ठूला व्यापारिक घरनाका नाम चलेका व्यापारीहरू जुवा खालबाट पक्राउ परेपछि उनीहरूलाई छुटाउन लागि परेका यहाँका प्रतिष्ठित उद्योगीको प्रयास असफल भएको छ ।

दलका नेताहरूसम्मलाई भनसुन गरेर प्रहरीलाई दबाव दिएर छुटाउन लागि परेका उद्योगी तथा व्यापारीहरूको प्रयास समेत असफल बनेको हो । अन्त्यमा जुवा खेल्ने व्यापारी चार दिन प्रहरीको हिरासतमा बसेर आज जिल्ला प्रशासन कार्यालय मोरङमा पाँच जनाले ६० हजार रुपैयाँ धरौटि बुझाएपछि मात्र छुटेका हुन ।

उनीहरुलाई विना धरौटी पक्राउ लगत्तै छुटाउने प्रयास गरिएको थियो । उनीहरु मोरङको बुढीगंगा गाउँपालिका १ गंगा चोकमा रहेको उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले आइतबार विहान करिव २ बवे परेका थिए । पक्राउ परेका पाँच उद्योगी व्यवसायी जनही १२ हजार धरौटीमा छुटेका छन् । जुवा खेल्ने स्वस्तिक जुट मिलका मालिक विराटनगरका नाम चलेका व्यापारी चम्पालाल राठिसहित पाँच जना व्यापारीहरूले जनही १२÷१२ हजार रुपैयाँ धरौटी जिप्रका मोरङलाई बुझाएको प्रशासन कार्यालयले जनाएको छ । जुवा खेलेर धरौटि बुझाएर छुटेनेहरू विराटनगर– ५ बस्ने वर्षिय जीवन रिजाल, विराटनगर– ३ बस्ने ५१ वर्षिय मुकेश कुमार अग्रवाल, विराटनगर– ७ बस्ने ५१ वर्षिय बिमल अग्रवाल र ३८ वर्षिय हंशराज जैन छन् ।

विराटनगरका उद्योगी चम्पालाल राठी सञ्चालक रहेको जुट उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले राठी सहित ५ जनालाई १ लाख ९० हजार १ सय ४० रुपैया सहित पक्राउ गरेको थियो ।

जुवा ऐन अन्तगत पक्राउ परेका व्यक्तीहरु जनही १२ हजार धरौटीमा छुटेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । खालबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको रकम समेत जफद भएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५