नेकपा : एकता प्रक्रिया नटुङ्गिँदै जन्मियो नयाँ गुट, नेता नेपाल र श्रेष्ठको नेतृत्व

खबर पूर्वाञ्चल, २५ कार्तिक २०७५, आईतवार ०८:११

काठमाडौं / तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ ‘गुट’को जन्म भएको छ ।

पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र असन्तुष्ट नेताहरुकाे नेतृत्वमा उक्त नयाँ धारको जन्म भएको हो । सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ गुट विकसित भएकाे छ ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेकाे समाचार अाजकाे नागरिक दैनिकमा छ ।

पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो । सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो ।

प्रतिक्रियाहरु

  1. नौशाद प्रवेज लेख्नुहुन्छ

    पार्टीमा लागे का धमिराहरु सफा गर्ने अभीयान मा जुट्ननु पर्याे क. हामी तपाईं काे साथमा छु तर सत्ताकाे खेलमा हाेईन देशका अाम जनताले धेरैकुछ गुमाई सके अब देशका जनताले सुख सान्ती समृद्धि काे अाकान्क्षा राख्द छन् पार्टी फुटाउनु वा गुटवन्दि गर्नु भन्दा पार्टी मा भएका गलत निर्णयलाई हामी जनता सामू राखी सचच्याने काम मा लाग्नु वेशहाेला, न्यानाेअभिवादन

तपाईको प्रतिक्रिया

KANTIPUR
kantipur

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५