AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संघीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको हो : उपसभापति गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७५, बिहीबार १६:२६
3
Shares
फाइल फोटो
विराटनगर / नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वताए ।

विराटनगर विमान स्थलमा आज संचारकर्मीहरुसंग सक्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा वताएक हुन् । नेपाली कांग्रेस पार्टीको उपसभापति पदमा भएको आफ्नो मनोनित विधान भन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसंग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुंगिने भएकोले सोही अनुरुप भएको हो भने ।

उपसभापति गच्छदारले दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली कांग्रेस पार्टीलाई ठूलो फायदा भएको शिर्ष नेताहरुले चर्चा गरिरहेको समयमा विधानको व्याख्या आफनो अनुकूल गर्नु गलत भएके बताए । नेपाली कांग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने बिषयमा पार्टीमा छलफल भइरहेको उपसभापति गच्छदारले जानकारी दिंदै कर्मचारीले संघीयताको र्मम नबुझेकाले संघीयता असफल हुने हो कि भनाई निरर्थक भएको चर्चा समेत गरे ।

उपसभापति गच्छदारले संघीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसावले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताए । उनले सत्ता सञ्चालन राजी खुशी भन्दा पनि विधान अनुसार चल्नु पर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिने तर्फ सरकार चनाखो हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर