AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मन्त्रीहरु भन्छन्, ‘चाडपर्वले सवै नेपालीहरुलाई एकतामा बाध्छ’(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७५, बिहीबार १५:३९
3
Shares
विराटनगर / चाडपर्वले सवै नेपालीहरुलाई एकतामा बाध्ने प्रदेश नं. १ का मन्त्रीहरुले बताएका छन् ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा मन्त्रीहरुले सो कुरा बताएका हुन । प्रहेश १ का कार्यवहाक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले चाड पर्वले पछिल्लो समय व्यापकता पाउँदै गएको बताए । पहिले केही व्यक्तिहरुले मात्रै मनाउने छठ पर्व पछिल्लो समय ब्यापक बन्दै गएको बताए । नेपालीहरुलाई चाडपर्वले एकतामा बाध्ने गरेको उनको भनाई छ । उनले चाडपर्व ढुक्कसँग मनाउन समेत प्रदेशबासीलाई अनुरोध समेत गरे । प्रदेश सरकारले चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको उनले बतए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चाडपर्वले सवैलाई एक बनाउने बताए । मन्त्री आङ्बोले नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताए । उनले समाजमा तिललाई पहाड बनाउने प्रबृत्ति कायम रहेको भन्दै त्यस्ताको पछाडी नलाग्न आग्रह समेत गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरले दिपावली विराटनगरका लागि महत्वपूर्ण रहेको बताए । अन्य स्थानमा भन्दापनि विराटनगरमा दिपावलीको बेग्लै रौनक हुने गरेको बताए । तिहारले सवैलाई एकताको धागोमा बाध्ने गरेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले ५ बर्षभित्रमा विराटनगरलाई नमूना शहर बनाउने बताए । नेकपा केन्द्रीय सदस्य विनोद ढकालले केही दिन भित्रैमा नेकपाले सवै कमिटी निर्माण गरिसक्ने बताए । उनले गृहकार्य भईरहेकाले चाडै तल्ला कमिटीहरु निर्माण हुने बताए । प्रेस चौतारी मोरङले हरेक बर्ष तिहारको अवसरमा देउसी भैलो खेल्दै आएको छ । यस बर्ष प्रेस चौतारी र
प्रेस सेन्टरले संयुक्त रुपमा देउसी भैलो खेलेको हो ।

विराटनगरका उधोगी तथा उधोग बाणिजय महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राजेन्द्र राउत तथा नेकपाकी नेतृ नमिता न्योपानेको समेत देउसी खेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर