RUMPUM
animated ellipse animated ellipse

विभिन्न पर्वले समुदायमा आपसी सदभाव कायम गरी समाजमा भातृत्व निर्माण गर्छ – कावा मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७५, बुधबार १५:०७
3
Shares
विराटनगर / प्रदेशका जनताको आर्थिक समृद्धको चाहना प्रदेश सरकारले पुरा गर्ने प्रदेश १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कील वताए ।

आज आन्तिरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भएपनि विकासका कार्यलाई गति दिन जनताको प्रत्यक्ष सहभागितामा निजी क्षेत्रसँग हातेमालो गरी समृद्ध कायम गर्न प्रदेश सरकार सधै अगाडि वढेको बताए ।

प्रदेशको ठूलो चाड छठ पर्वको अवसरमा आगामी कात्तिक २६ गते प्रदेश सरकारले एक वृहत कार्यक्रम गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कावा मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले नेपालीहरुका पर्वले विभिन्न जातजातिवीच एकता गरी समुदायमा आपसी सदभाव कायम गरी समाजमा भातृत्व निर्माण गर्ने समेत वताए ।

शुभकामना कार्यक्रममा प्रदेशका मन्त्री, राष्ट्रिय सभाका सदस्य, प्रदेश सदस्य, महानगरपालिकाका र नगरपालिकाका प्रमुख ,उपप्रमुख, प्रदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु , उद्योगी व्यापारी , नागरिक समाज र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर