AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि पोखरालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७५, मंगलवार १६:२३
3
Shares
पोखरा / पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)कोे उपाधि घरेलु टोली पोखरा पल्टनले हात पारेको छ । उसले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई पराजित गर्दै पीपीएलको उपाधि हात पारेको हो ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा चितवललाई पोखराले ३ विकेटले पराजित गरी पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९ दशमलव २ बलमा ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । घरेलु टोली पोखरालाई जीत दिलाउने क्रममा भारतीय खेलाडी रविइन्दर सिंहले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाउँदा मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । त्यस्तै पोखराका कप्तान शरद भेषावकरले २२ रन तथा आशिफ शेख १२ रन बनाउन भ्याए । चितवनका लागि भुवन कार्कीले २ विकेट लिँदा कप्तान पारस खडका, सन्नी पटेल र करण केसीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रनको मध्यम स्कोरको खडा गरेको थियो चितवनका लागि कप्तान पारस खड्काले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाउँदा सन्नी पटेलले विष्फोटक ब्याटिङ गर्दैे २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । त्यस्तै ओपनर अनिलकुमार शाहले ३७ रन तथा आरिफ शेख १४ रनमा अविजित रहे ।

पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिँदा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १–१ विकेट लिए ।

जितसँगै पोखराले उपाधिसँगै २७ लाख रुपैयाँ जितेको छ भने उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ । पोखराका रविइन्दर सिंह म्यान अफ दि फाइनल घोषित भए भने प्लेयर अफ दि सिरिज नै चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेल बने। कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर