पूर्वाञ्चल खबर
आज जिल्ला अदालत मोरङका न्यायधिस महेन्द्रप्रसाद पोखरेलको सात नम्बर इजलासले पोद्दारलाई पुर्पक्षकालागि कारागार चलानको आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ बमोजिम तत्काकालाई पुर्पक्षमा राखेर मुद्दाको प्रकृया अघि बढाउने आदेश भएको जानकारी दिए ।
२०७१ साल पुस यता पोद्दारले सात जना भारतीय नागरिकलाई आफ्नो छोरा भएको भन्दै झूठो विवरण पेस गरी नागरिकता बनादिएका थिए ।
अदालतमा बयानका क्रममा नागरिकता बनाइदिएका सातै जना आफ्नो छोरा भएको बयान दिएका पोद्दारले श्रीमतीको नाम भने गल्ती भएको स्वीकार गरेका थिए ।
आइतवार झुठा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर गरिएको थियो ।
सो मुद्दामा विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सीना सहित १५ जना फरार छन् ।