पूर्वाञ्चल खबर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशका –२०७५ सम्वन्धी जानकारी गोष्ठीमा गाई तथा भैसीको स्याहार देखि उपभोक्तासम्म दुध उत्पादन पुर्यादा अपनाउनु पर्ने सुरक्षा स्वच्छता,गुण नियन्त्रण सम्वन्धी जानकारी दिइएको थियो ।
नेपाल सरकारले २०७५ असोज ४ गतेदेखि लागु गरेको दुध तथा दुग्ध पदार्थ स्वच्छता एवम् गुणस्तरी सम्वन्धी निर्देशिका–२०७५ का बारेमा जानकारी गराएको हो । चैतदेखि कार्यान्वयन आउने निर्देशिको कार्यान्वयन गर्न दुग्ध व्यवसायहरुलाई जानकारी तथा व्यवसाय सुधारका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रदेश नं १ का भूमि , व्यवस्था , कृषि तथा सहकारी मंत्रालयका सचिव हस्तवहादुर विष्टले प्रदेशमा सिजनमा दैनिक खेर जाने एक लाख लिटर दुध व्यवस्थापनका लागि पाउडर दुध प्लान्ट विस्तारित गरिने जानकारी दिए ।
खाद्य प्रविधि ता गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले गत वर्ष ६ सय खाद्य नमुना संकलन गरेमामा ८७ खाद्य पदार्थमा गुणस्तहीन रहेको जसमध्ये १३ वटा दुग्ध सम्वन्धी रहेको जानकारी दिए । प्रदेश नं १ मा पहिलो पटक आयोजना गरिएका एक दिने गोेष्ठीमा प्रदेश नं १ का १४ जिल्ला लगायत सप्तरी र सिरहाका गरी १ सय ५० दुग्ध व्यवसायीहरुको सहभागिता थियो ।