RUMPUM
animated ellipse animated ellipse

हस्पिटलले उपचार खर्च मिनाहा गरे पछी शव लिएर घर फर्किए आमा छोरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७५, बुधबार १७:४८
3
Shares
विराटनगर / आरके चिल्ड्रेन हस्पिटलमा उपचार खर्च तिर्न नसकेर बन्दक भएकी आमा छोरी बच्चाको शव लिएर घर फर्केका छन् । अस्पतालले उपचार खर्च मिनाहा गरिदिएपछि बिचल्लीमा परेकी आमाछोरी बच्चाको शव लिएर घर फर्केका हुन् ।

आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा उपचार खर्च तिर्न नसकेर बन्दक भएका हनुमाननगर कंकालनी ५ की ५५ वर्षीया सीतादेवी मण्डल र उनकी २५ वर्षीया छोरी रेणुदेवी खड्गा उपचार खर्च मिनाहा भए पछि मंगलबार साँझै नै घर फर्केका छन् ।

रेणुदेवीकी ३ महिनाकी छोरी निशाकुमारी खड्गाको उक्त हस्पिटलमा आइतबार अपराह्न उपचारको क्रममा मृत्यु भएको थियो । परिवारजनले उपचार खर्च बुझाउन बेवास्ता गरेकोले बच्चाको शवसँगै आमाछोरी तीन दिनदेखि अस्पतालले बन्धक बनार राखेको थियो । सीतादेवीले अस्पतालले बोलाएर मंगलबार साँझ शव बुझाई एम्बुलेन्स खोजेर घर पठाइ दिएको बताईन ।

बच्चाको उपचारमा खर्च भएको १ लाख १६ हजार रुपैयाँ बुझाउन नसकेपछि तीन दिनपछि अस्पतालले मिनाहा गरेर घर पठाइ दिएको हो । अस्पताल प्रशासक धिरज मैनालीले उपचारवापतको शुल्क तीन दिनसम्म उनीहरुले नबुझाएपछि मिनाहा गरि दिएको बताएका छन् ।

असोज ३१ गते तीन महिनाकी छोरी निशालाई उच्च ज्वरो आएपछि रेनुदेवीले उपचारकालागि विराटनगरको कोशी अञ्चल अस्पताल ल्याएकी थिइन् । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आर के चिल्डेन हस्पिटलमा उपचारकालागि भर्ना गरिएको थियो ।

आर के चिल्डेन अस्पतालमा ११ दिनको उपचार पछि आइतवार शिशुको मृत्यु भएको थियो । अस्पतालले ११ दिन भेण्टीलेटरमा राखेर उपचार गर्दा १ लाख ७० हजार हाराहारी बिल उठेको जानकारी दिएको थियो । तर अस्पतालले मागे अनुसारको शुल्क तिर्न नसकेपछि आमा छोरीलाई अस्पतालले रोकेर राखेको हो । शिशुका आफन्तले अस्पतालमा ६० हजार रुपैया बुझाएका थिए । बाकी पैसा नतिरेपछि अस्पतालले शिशु लैजान दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर