AArya
RUMPUM
animated ellipse animated ellipse

अव विराटनगरमा समावेशी शिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०७५, सोमबार १५:५०
3
Shares
विराटनगर / विराटनगर महानगरले समावेशी शिक्षा दिने भएको छ । अपाङ्गता भएका र सपाङ्ग दुवैखाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिन लागिएको हो । यसको शुरुवात पहिलो पटक आदर्श स्कूलवाट शुरु गरिने भएको छ । दुवै खाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिदा राम्रो परिणाम आउने निष्कर्ष सहित समावेशी शिक्षाको अवधारणा तय गरिएको छ ।

उचित शिक्षा ,दिक्षा र अवसर मिलेमा अपाङ्गता भएकाहरुपनि सपाङ्ग जस्तै सबल भएर काम गर्न सक्छन् भन्ने मान्यता अनुरुप शिक्षा प्रदान गर्दे आएको भारत स्थित अमर ज्योती बिद्यालयको मोडललाई विराटनगरमा प्रयोग गरिने भएको हो ।

अमर ज्योती विद्यालय भारतबाट आएका सामाजिक उद्यमी विवेक तुली र प्रिन्सिपल सिमा तुलीसंग विराटनगर महानगरपालिकामा आज भएको छलफलमा मेयर पराजुलीले समावेशी शिक्षाले आफ्नो मन खिचेको बताए । यसका लागि विराटनगर स्थित आदर्श स्कूलमा पहिलो पटक अपाङ्गता भएका र सबलङ्ग दुबै खाले विद्यार्थी एकै ठाउँमा राखेर शिक्षा दिइने बताए । चाडै सवै व्यवस्था पुरा गरेर समावेशी शिक्षा लागु गर्ने मेयर पराजुलीले बताए । यसका लागि अमर ज्योती विद्यालयले नलेज पाट्र्नरकारुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ । भारतको दिल्लीमा रहेको अमर ज्योती विद्यालय समावेशी शिक्षाको क्षेत्रमा उत्कृष्ट मानिन्छ ।

यस्तै विराटनगर महानगर उपमेयर इन्दिरा कार्कीले समावेशी शिक्षा विराटनगरमा आबश्यक रहेको धारणा ब्यक्त गरिन । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल,नगर शिक्षा अधिकारी रुद्र दुलाल ,वार्ड नं ७ का वडाध्यक्ष मधुवावु तिवारी ,आदर्श स्कूलका प्राधनाध्यापक तुलसीप्रसाद दुलाललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर