AArya
RUMPUM
animated ellipse animated ellipse

आयोजक इटहरी क्रिकेट एकेडेमी र काठमाण्डौ सेमिफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७५, शनिबार १८:२३
3
Shares
सुनसरी / आयोजक इटहरी क्रिकेट एकेडेमी र जीएचसीए काठमाण्डौ तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा साविक विजेता विराटनगरमाथी ४ रनको रोमाञ्चक जित निकाल्दै इटहरी समुह क को बिजेता बल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो पराजय ब्यहोरेको बिराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै काठमाण्डौ समुह क बाटै उपबिजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी स्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४६ रनको स्कोर खडा गरेको थियो । इटहरीका लागि गौतम शर्माले सर्वाधिक ५३ रन बनाउँदा राज थापाले नटआउट ४६ रन बनाए । यस्तै रितेश रायले १३ रन जोडे । विराटनगरका रेवती यादवले ४ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निधौरित ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रनमा सिमित भएपछी विराटनगर पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरका लागी राजन मगरले सर्वाधिक ५३ रन बनाए भने रेवती यादवले ४२ रन , सचित शर्माले २१ रन र दिपेश कंडेलले १२ रन बनाए । इटहरीका भुपाल लुइटेलले २ विकेट तथा म्यान अफ द म्याच राज थापा र विकल्प आचार्यले १–१ विकेट लिए । आगामी सोमबार सम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैया र उपविजेताले नगद ५५ हजार र ट्रफी हात पार्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर