RUMPUM
animated ellipse animated ellipse

असफलता तिर उन्मुख भइसक्यो वर्तमान सरकार – उपनेता गच्छदार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७५, सोमबार १९:१६
3
Shares
फाइल तस्वीर
विराटनगर / नेकपा नेतृत्वको सरकार असफलतातर्फ जान थालिसकेको नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन् ।

विराटनगरमा आज स्थानिय पत्रकारहरुसँग कुरा गर्दै उपनेता गच्छदारले सो कुरा बताएका हुन् । वर्तमान सरकारको आठ महिनाको कार्यशैली हेर्दा एक पछि अर्को कार्यमा सरकार असफल हुँदै गइरहेकोले असफलतातर्फ उन्मुख भइसकेको उपनेता गच्छदारले बताएका हुन् ।

उपनेता गच्छदारले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले बाँकी समयमा राम्रो काम गर्न सके आठ महिनाका नराम्रो कामको रिकभरि हुन सक्ने भएपनि वर्तमान कार्यशैली हेर्दा त्यस्तो नदेखिएको बताए । ‘अझै चार वर्ष अवधि बाँकी छ राम्रो पर्फोमेन्स गर्नसके रिकभरि हुने सम्भावना त छ’ गच्छदारले भने, ‘तर अहिलेको अवस्थाले सरकार असफलता तिर उन्मुख भइसकेको प्रस्ट पारे ।

बहुमतको सरकार असफल भए नेपाली राजनीतिमा धेरै असर पर्ने भएकोले सचेत भएर अघि बढनु पर्ने दुई तिहाई बहुमत पाएको कम्युनिस्ट नेतृत्वको सरकारलाई गच्छदारले सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर