पूर्वाञ्चल खबर
आज भएको फाइनल खेलमा राष्ट्रिय जागृती क्लबले दंगा प्रहरी गण दुहबीलाई १–० गोल अन्तरले पराजीत गरेको हो । राष्ट्रिय जागृति क्लबका लागी एलोन राइले खेलको ३८ औ मिनेटमा निर्णायक गोल गरे । विजयी राष्ट्रिय जागृत क्लबले उपाधी संगै नगद १ लाख रुपैया हात पारेको छ । उपविजेतामा चिक्त बुझाएको दंगा प्रहरीले नगद ५० हजार र ट्रफी पाएको छ ।
आमझोकी क्लब इटहरी १० ले आयोजना गरेको प्रतियोगिताको विजेता तथा उपविजेतामा टिमलाइ नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले पुरस्कार बितरण गरीन् । असोज १९ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० टिमको सहभागिता रहेको थियो ।