पूर्वाञ्चल खबर
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि दहैं मनाएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा एक सम्मको विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए ।
विद्यालयमा यसरी चाडपर्व मनाउँदा विद्यार्थीहरु आफ्नै धर्म संस्कृति प्रति थप जिमेवावर हुने प्रिन्सीपल सुवालले जानकारी दिए । ‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझाउँ आवश्यक भएकोले हरेक चाड पर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको प्रिन्सीपल सुवालले जानकारी दिए ।