AArya
RUMPUM
animated ellipse animated ellipse

विराट मेघालाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ आश्विन २०७५, आईतवार २०:४४
9
Shares
विराटनगर / पुष्पलाल स्पोर्टिङ क्लव विराटनगरको आयोजनामा विराटनगर १९ स्थित बैजनाथपुर रगशालामा नकआउट फुटबल शूरु भएको छ ।

उदघाटन खेलमा विराट मेघा क्लब विजयी भएको छ । विराट मेघाले फोर स्टार क्लब बैजनाथपुरलाई टसको आधारमा पराजित गरेको छ । निर्धारित समयमा दु्वै टिमले १–१ गोलको बराबरीमा खेलेपटि पेनाल्टी सुटआउट खेल धकेलिएको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पनि नभएपछी खेलको छिनोपानो टसबाट भएको हो

। प्रतियोगितामा मोरङका विभिन्न ठाउँका १६ ओटा क्लबले सहभागिता जनाएको आयोजक पुष्पलाल स्पोर्टिङ क्लबका अध्यक्ष अनिल खतिवडाले बताए । प्रतियोगिताको उदघाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरेका थिए । पर्याप्त समभावना हुदाहुँदै पनि बैजनाथपुर रगशालालाई पछाडी पारिएकाले समबन्धित निकायको ध्यानाकर्षण गराउन समेत यो प्रतियोगिता गरिएको आयोजक समितिका निकेश बुढाथोकिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर