पूर्वाञ्चल खबर
कमेडी फिल्ममा अभिनय गरेपछि सिरहा –१८ माडर घर भएकी छात्रा सञ्जना मण्डल स्कुलबाट निष्कासनमा परेकी हुन् । अभिनय गरेर चरित्रहीन भएको आरोपमा प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाटै निकालेको सञ्जनाले बताएकी छन् ।
प्रिन्सिपल मण्डलले अबदेखि स्कुलमा प्रवेश गरे ठीक नहुने चेतावनी दिएको उनले बताइन । उनि अहिले स्कुल गएकी छैनन् । उनकी आमा शीतलले एसईई ६ महिनामात्र बाँकी रहदा स्कुलबाट निकालिएपछि छोरी बिचल्लीमा परेको बताएकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।