विराटनगर / संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबावु पण्डितले पुष मसान्त भित्र स्थानीय निकायमा कर्मचारीहरुको समायोजन कार्य सम्पन्न हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङद्धारा विराटनगरमा आज आयोजित पार्टी कार्यकर्ता भेलामा उनले स्थानीय र प्रदेशमा आवश्यक कर्मचारीको पदपूर्ति तोकिएको समयमा नै हुने बताए ।
प्रदेश तथा स्थानिय तहमा आवश्यक कर्मचारी समायोजनका लागी मन्त्रालय गंभिर भएर लागेको बताउदै मन्त्री पण्डितले कर्मचारीहरुको जनतालाई सेवा सहज सरल रुपले दिनु पर्ने बताए ।