पूर्वाञ्चल खबर
विराटनगरमा चिनीको मुल्य प्रतिकेजी ७०–७५ रुपैया पर्छ । विराटनगर भाटभटेनी सुपरमार्केटले भने चिनी प्रतिकेजी ५९ रुपैयाका दरले बिक्री गर्दै आएको छ । तर एक ग्राहकले दुई किलो भन्दाबढी चिनी खरिद गर्न पाउदैनन् । विराटनगरका पसलमा प्रतिकेजी ७५ रुपैया सम्म पर्ने चिनी ८ किलोमिटर दक्षिण भारतीय जोगवनी बजार पुग्दा ५०–५५ रुपैयामा पाइन्छ । सस्तो मूल्यमा चिनी पाइने लोभले जोगवनी जाने उपभोक्तालाई भन्सार कार्यालयले २–४ केजी चिनी आयातमा पनि बन्देज लागेको हो ।
आयातमा परिणात्मक बन्देज लगाएको सरकारले दशैको मुखमा नै प्रतिबन्द लगाएपछि उपभोक्ताहरुले लुकाएर चिनी ल्याउने गरेका छन् । सुरक्षाकालागि खटिएका प्रहरीले भेटे सम्मका उपभोक्तालाई चिनी फिर्ता गर्न लगाउदै आएको छ ।
केन्द्र सरकारले भदौ पहिलो सातादेखि चिनी आयातमा परिणात्मक बन्देज लगाएको थियो । प्रवितब्ध लगाएपछि भन्सारमा खटिएका प्रहरीले चिनी ल्याउने उपभोक्तालाई फर्काउने गरेका छन् । प्रहरीले फर्काउन थालेपछि किनमेलकालागि भारत पुगेका उपभोक्ताले अन्य सामानमा चिनी लुकाएर ल्याउने गरेका छन् ।
‘बाणिज्य मन्त्रालयबाट थोरै मात्रामा पनि चिनी आयात गर्न नदिनु भन्ने परिपत्र आएको छ ।’ विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांसा अधिकारी भन्छन ‘ आयातमा परिणात्मक बन्देज लागेको छ ।’ अधिकारीका भारत तथा तेस्रो मुलुकबाट थोरै मात्रामा पनि चिनी आयात गर्न पाइदैन् । केन्द्रको परिपत्र पछि भन्सार क्षेत्रमा कडाइ गरिएको उनले बताए । आयातमा बन्देज लागेपछि दशैकालागि किनमेल गर्न गएका सर्बसाधरणले चिनी ल्याइ हाले प्रहरीले बाटोमा नै रोक्ने गरेको छ ।
मोरङ प्रहरी प्रमुख मनोजकुमार केसी केन्द्रको सर्कुलर अनुसार सिमा क्षेत्रमा चिनी आयात रोक्न डिउटीमा खटिएका प्रहरीलाई निर्देशन दिइएको बताउछन् । उनले थोरै मात्रामा पनि चिनी ल्याएको पाए फर्काउन डिउटीमा खटिएका प्रहरीहरुलाई निर्देशन दिएको बताए ।