AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरी बस्नेत र ठाकुर उत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०७५, आईतवार २०:०१
3
Shares
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङ्गमा कार्यरत प्रहरी जवान ज्ञानबहादुर बस्नेत र सुनिलकुमार ठाकुर भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनीहरुले जघन्य अपराधदेखि जिल्लामा घट्ने अपराधिक क्रियाकलपमा संलग्नलाई पक्राउ गर्न सफल भएको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

्उनीहरुले विराटनगर महानगरपालिका २ स्थित बिक्की हार्डवयरका सुरक्षा गार्डको हत्या गरी फरार रहेका अभियुक्तदेखि विराटनगर महानगरपालिका कार्यालयमा बम बिस्फोट गराई फरार रहेका भुमिगत सशस्त्र समूह तराई जनतान्त्रिक मुक्तीमोर्चा क्रान्तिकारीमा आबद्ध रहेका फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएका थिए । त्यस्तै जबरजस्ती कारणी मुद्दका फरार प्रतिवादीहरूहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन सफल भई हुने बस्नेत र ठाकुरले सर्वसाधारण नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेको भन्दै प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर