AArya
RUMPUM
animated ellipse animated ellipse

मुट दिवसमा आश्रममा न्यूरोको स्वास्थ्य जाँच

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७५, शनिबार १७:०३
3
Shares
विराटनगर / विश्व मुटु दिवसको अवसरमा न्यूरो अस्पताल विराटनगरले विराटेश्वर बृद्धा आश्रमका बृद्ध बृद्धाको मुटु जाँच तथा फलफूल वितरण गरेको छ ।

मेरो मुटु तिम्रो मुटु : तिमी प्रतिज्ञा गर भन्ने नारा सहित पूर्वाञ्चलमा मुटु रोगको उपचार सुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले मुटु जाँच तथा फलफुल वितरण गरेको हो ।

उक्त कार्यक्रममा रगत , प्रेसर जाँच, इसिजी गर्नुको साथै औषधी समेत वितरण गरिएको थियो । सो अवसरमा विराटेश्वर बृद्धा आश्रमका सञ्चालक जगत अर्याल, न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भटराई, डा. साहिल अन्सारी, डा. श्रीजल रिजाललगायतको उपस्थिती थियो । न्यूरो अस्पतालले विशेषज्ञ चिकित्सक सहित अत्याधनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएपछि पूर्वाञ्चलका मात्र नभई छिमेकी मुलुक भारत बिहार तथा बंगाल प्रान्तका मानिसले आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर