पूर्वाञ्चल खबर
मंगलबार साँझ मनकामना चोकमा सिम्खडाले सुस्त मनस्थितिका युवालाई करणी गरेको दुई महिलाले देखेका थिए । बुधबार उनीमाथि आमा समूहले मोसो दलेको हो । पीडकले माफी माग्नुका साथै गाउँले आएर एकपटकलाई छाडिदिनु भनेपछि सिम्खडालाई छाडिएको छ ।
कानुनमा यस्तो घटनामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ । मकवानपुरका एसपी बुदिराज गुरुङले भने आफ्नो क्षेत्रमा यस्तो घटना भएकोबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छापिएको छ ।