पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै विधान संशोधन समितिका संयोजक समेत रहेका खड्काले तीन किसिमका सुझाव आएको छ भन्दै समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने बताए ।“पुरानो विधान अनुसार, केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनित गर्ने ”जस्ता सुझाव लगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने उनले बताए ।
उनले विगत साढे तीन महिनामा मुलुकका ७७ जिल्लामा क्षेत्रीय समितिदेखि गाउँ समिति, भाृत संगठनवाटवाट आवश्यक सुझाव लिएका वताउदै असोज ८ गतेदेखि १३ गतेसम्म मुलुकका १२ स्थानमा संकलन गरिएका सुझाव समितिले ग्रहण गरिने जानकारी दिए ।