पूर्वाञ्चल खबर
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको भवनमा रहेको परीक्षा व्यवस्थापन कार्यालय अगाडि अनशन बसेका विद्यार्थीलाई आइतबार राति प्रहरीले गेटबाहिर सडकमा निकालेको हो । विश्वविद्यालयले सडकमा निकालेपछि विद्यार्थीहरुले सडकमै पाल टागेर अनशन बसेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका ६ जना विद्यार्थी तीन बुँदे माग पूरा नभएपछि आइतबारदेखि आमरण अनशनमा छन् । आइतबार राति प्रहरीले गेट बाहिर निकालेपछि सडकमै अनशन बसेको विद्यार्थी सरोज यादवले जानकारी दिए ।