AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले आज इन्डोनेसियाको सामना गर्दै, जसरी पनि जित्नै पर्ने दवाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७५, सोमबार १३:२८
3
Shares
फाइल तस्वीर
आगरा (भारत) / भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले इन्डोनेसियाको सामना गर्दै छ ।

आगरा स्थित प्रिल्युड पब्लिक स्कूल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा खेल सुरु हुने छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा थाईल्याण्डले २–० गोल अन्तरले पराजित गरेका कारण पनि इन्डोनेसिया विरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दवाव छ ।

नेपालले सेमिफाइनल सम्म पुग्नका लागि पनि इन्डोनेसियालाई हराउनुको विकल्प छैन । उसले आइतबारको खेलमा अफगानिस्थानलाई १०–० गोलको भारी अन्तरले पराजित ग¥यो । यदी नेपालले आजको खेल जित्न नसके अघि बढ्नका लागि समूह ‘ए’ अन्तर्गत रहेका चीन र थाईल्याण्डलाई भारी गोल अन्तरले पराजित गर्नु पर्ने हुन्छ । नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले समूह चरणबाट अघि बढ्नका लागि इन्डोनेसिया विरुद्ध जित निकाल्न नसके लगभग नेपालको सम्भावना सकिने बताए । उनले आजको खेल जितेर पनि त्यसपछि चीन र अफगानिस्थानलाई हराउन सक्दा मात्रै नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन्छ ।

इन्डोनेसियासंगको खेल जित्न नसके गत शनिबार अफगानिस्थानलाई ९–० गोल अन्तरले पराजित गरेको चीनलाई भारी गोल अन्तरले नेपालले हराउन सक्ने सम्भावनै रहँदैन । अधिकारीले इन्डोनेसियालाई पराजित गर्न नसकेको अवस्थामा नेपाली टोलीले आश मार्नु पर्ने अवस्था आउने बताए ।

नेपाली टोलीका टिम अफिसियल दीपेन्द्र तिवारीले नेपाली टोली जसरी पनि जित निकाल्ने हिसावमा अघि बढेको बताए । त्यही अनुरुप विगतको प्रतिष्पर्धालाई हेरेर रणनीति र खेलाडी समेत परिवर्तन गर्दै टोली मैदानमा उत्रने जानकारी तिवारीले दिए । उनले फिनिसिङ कमजोर रहेकै कारण नेपाली टोलीले हार बेहोर्नु परिरहेको बताउँदै कमजोरीलाई सुधार गरेर अघि बढ्ने तयारीमा रहेको पनि जनाए ।

नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले सोमबार इन्डोनेसिया विरुद्ध जित निकाल्न टोलीले सत प्रतिशत खेल्ने बताए । ‘हामीले इन्डोनेसियाको खेल पनि हेरिसकेका छौं,’ उनले भने, ‘उनीहरुको कमजोरीको पहिचान गरिसकेका कारण त्यही हिसावको प्रदर्शन गर्ने तयारीमा नेपाली टोली छ ।’नेपाली टोलीले आफ्नै रणनीति बनाएका कारण खेल जित्नेमा ढुक्क रहेको श्रेष्ठको भनाइ छ ।

प्रतियोगित अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । समूह ‘बी’मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर