RUMPUM
animated ellipse animated ellipse

समन्वय अभावमा सहजै भागे अपराधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७५, शनिबार ०८:०३
3
Shares
घुस्की / सुनसरी हरिनगर २ का खुर्सिद आलम अन्सारीको हत्या गरी चार जना अपराधी सहजै भारत प्रवेश गरे । प्रहरीको समन्वय अभावका कारण करिब ८ किलोमिटर दक्षिणमा पर्ने घुस्की बोर्डर पार गर्दै दुईवटा मोटरसाइकलमा आएका हत्यारा सहजै भारत प्रवेश गरेको समाचार आजको उद्घोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।

घटना स्थलदेखि करिब ५ सय मिटर उत्तर पश्चिम प्रहरी चौकी भुटाहा र ससत्र प्रहरीको बेस क्याम छ । ११ः ३ मा गोली प्रहार भए लगतै प्रहरीलाई खबर पुगेको थियो । असाईको नेतृत्वमा सात जना प्रहरी रहेको चौकीले स“गै रहेको ससत्र बेस क्याम्पलाई खबर नगरी घटना स्थल तर्फ लाग्यो ।

प्रहरी घटना स्थल सम्म पुग्दा हतियारधारीहरु नेपाल भारत सिमा क्षेत्र घुस्की पुगिसकेका थिए । घुस्कीमा पनि असाईकै नेतृत्वमा प्रहरी चौकी छ । रैøयान स्कुल नजिकै पसल रहेका स्थानीयले घुस्कीमा रहेका इशा अन्सारीलाई खबर गरेका थिए । घुस्कीमा पसल गर्दै आएका उनैले प्रहरी चौकी घुस्कीमा खबर गरेका थिए ।

सो प्रहरी चौकी देखि करिब एक किलोमिटर दक्षिण पूर्व ससत्र प्रहरीको बोर्डर आउट पोष्ट छ । जहा ३६ जनाको दरबन्दी छ । तर आठ किलोमिटर दुरी पार गर्दा सम्म प्रहरीले आफ्नै चौकी सम्म कुनै समन्वय गरेन् । बरु स्थानीयले प्रहरी चौकी घुस्की र ससत्र बोर्डर आउट पोष्टलाई फोन गरे ।

स्थानीयले फोन गरेपछि डिउटीमा खटिएका प्रहरी जवान शिवराम पौडेल दौडिएर गए । सडक देखि करिब २०० मिटर भित्र रहेको प्रहरी चौकीबाट हतियार सहित आएका पौडेलले गोली चलाउन पाएनन् । पौडेल सडक छेउ आउदा सेतो रङको आपाची अगाडी निस्कीसकेको थियो । हरियो रङको पल्सरमा रहेकाले फायर खोले । करिब ७० को स्पीडमा रहेको मोटरसाइलबाट तीन गोली प्रहार गर्दा जवान पौडेललाई दुई गोली लाग्यो । एउटा गोली गोजीमा रहेको मोवाइल छेड्दै तिग्रामा लाग्यो । दोस्रो गोलीले कम्बर छेउको भागमा लाग्यो । पौडेललाई प्रहार गरेको गोली ९.६२ एमएमको थियो ।

प्रहरी जवानलाई गोली प्रहार गरेपछि स्थानीयले पछि पछी पुगे । घुस्की सिमा क्षेत्र नजिकै तीन जना ससत्र प्रहरी बसे । हत्याराको पछि गएकाहरुले गोली हान्न भने तर ससत्रले गोलि हान्ने आदेश नभएको भन्दै हातले रोख्न खोजे तर चार जना नकापधारीेले बाटो छोड भन्दै गाली गरेर भारत प्रबेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर