RUMPUM
animated ellipse animated ellipse

संविधानको संस्थागत विकासका लागि सवै लाग्नु पर्छ– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७५, बुधबार १४:४५
3
Shares
तस्वीर- पुष्पराज थपलिया
विराटनगर / संविधान दिवसका अवसरमा १ नम्बर प्रदेश सरकारले विराटनगरमा विशेष समारोहको आयोजना गरी मनाएको छ ।

संविधान दिवसका अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी मनाएको हो । संविधान जारी भएको ३ वर्ष पूरा भएको अवसरमा विराटनगरस्थित सहिद रंगशालामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधानको संस्थागत विकासका लागि सवै लाग्नुपर्नेमा जोड दिए ।

सात दशक लामो प्रतीक्षापछि नेपाली जनताले आफूले चाहेअनुसारको संविधान प्राप्त गरेकाले उनको भनाइ थियो । संविधानको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनु तीनै तहको सरकार, नागरिक समाज र नेपाली जनता एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको मुख्यमन्त्री राईले बताए ।

समारोहमा मुख्यमन्त्री राईले लामो समयदेखि नेपाली जनताले चाहेको संघीयता, समावेशिता र धर्मनिरपेक्षता नयाँ संविधानले पूरा गरेको दाबी समेत गरे । उनले संविधानको सफल कार्यान्वयनमा सवै लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीसहित विभिन्न समुदायको सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिए । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले कवाज प्रदर्शन गरे । प्रदेशका १४ वटै जिल्लामा जिल्ला स्तरका र नगरपालिका तथा गाउँपालिकामा समेत विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ ।

समारोहमा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सांसद, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो । तस्वीरहरु -पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर