RUMPUM
animated ellipse animated ellipse

यूमी स्कूलमा जापानीज कलाकारहरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७५, मंगलवार २२:००
9
Shares
विराटनगर / विराटनगर १९ मा रहेको यूमि स्कूलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् ।

गत बर्ष बैसाखमा स्थपना भएको स्कूलले आज आयोजना गरेको ‘यूमि फिष्टा २०१८’ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले पनि आफ्ना कला प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपालका माईकल ज्याक्सन उप नामले परिचित गायक धिरज राईले पनि आफ्नो प्रस्तुति दिएका थिए । धिरज राईले आफ्ना चर्चित आदा दर्जन जति गीत गाएर विद्यार्थी तथा अविभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । धिरज राईले गीत गाईरहँदा जापानिज कलाकार पनि नाचेर साथ दिएका थिए ।

उनीसंगै विराटनगरका यूवा गायक विर्मस सिदार्थले पनि गीत गाएका थिए । यूमी फिष्टा २०१८ कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नृत्य पनि गरेका थिए ।

यसैविच कार्यक्रममा जापनिज कलाकारहरुले विभिन्न खेल तथा गीत र नृत्यको माध्यमबाट विद्यार्थी तथा अविभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

गत बर्ष बैसाखमा स्थापना भएका स्कूलमा नर्सरीदेखि कक्षा ७ सम्म जापानिज टेक्नोलोजीबाट पढाई हुदै आएको स्कूलका संचालक शरद राईले जानकारी दिए ।

स्कूलमा प्राईम लेवलको जापानिज पढ्न ईच्छुक विद्यार्थीको लागी छुट्टै एक्स्ट्रा क्लास संचालन पनि गरिदै आएको राईले बताए । हाल स्कूलमा १ सय ७५ जना भन्दा बढी विद्यार्थीहरु पढ्दै आएको स्कुलका निर्देशक प्रताव अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर