पूर्वाञ्चल खबर
अस्पतालको विशेषयज्ञ चिकित्सवको टोली लगेर स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामिण क्षेत्रका विरामीहरुलाई स्थानिय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ग्रामिण विकास फाउन्डेशन, अभियान नेपाल र कमल गाउँपालिकाको संयुक्त आयोजनामा शिबिर राखेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य शिविरमा शिविरमा सय भन्दा बढीले बिरामीहरुले प्रत्यक्ष सेवा लिएका बताइएको छ । शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ चिकित्सकहरु डा. वीरेन्द्रकुमार विष्ट, डा. यमबहादुर रोका, डा. सुदीप खनिया, डा. राजीव श्रेष्ठ, डा. केशरबहादुर गुरुङ्ग, डा. नारायणी रोका, डा. रेनुका राठी, डा. सुरेशप्रसाद साह, डा. अमितप्रताप साह, डा. मोहन कार्की तथा मेडिकल अधिकृत डा. फडिन्द्र मण्डल, डा. जयशंकर मेहता, डा. अनुज श्रेष्ठ, डा. जंगबहादुर चापागाईले स्वास्थ्य परिक्षण गरेका थिए । स्थानिय स्तरमै ठूलो संख्यामा विशेषयज्ञ चिकित्सवहरु आएर स्वास्थ्य परिक्षण गर्दा विरामीहरु हर्षित भएका थिए ।
अस्पतालले दुई लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको बताइएको छ । शिविरमा बालक देखि वृद्ध सम्मका विरामीहरुको सहभागिता थियो । जसमा इसिजी, इइजी, मधुमेह रगत परिक्षण तथा फिजियोथेरापी पनि गरिएको थियो । दाँतको समस्या भएका विरामीहरुको दाँत समेत परिक्षण गरिएको थियो । शिविरमा मस्तिस्क तथा नशारोग, हाडजोर्नी, दाँत रोग, जेनेरल सर्जरी तथा आखाँ रोग सम्वन्धी बिरामीहरु बढी सहभागी रहेको अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिए ।