RUMPUM
animated ellipse animated ellipse

भगवती स्कुलमा बालदिवशमा विज्ञान प्रर्दशनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७५, शुक्रबार २०:४२
3
Shares
विराटनगर / विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर स्कुलका विद्यार्थीहले विज्ञान प्रर्दशनी गरेका छन् ।

बालदिवशको अवसर पारेर विद्यार्थीहरुले आफूमा भएको विज्ञान कलालाई प्रयोगात्मक रुपमा उतारेर विज्ञान प्रर्दशनी गरेका हुन् ।

स्कुलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले विज्ञान सम्बन्धीका कलाहरुलाई प्रयोगात्मक शैलीमा उतारेर प्रर्दशन गरेको विद्यालयका विज्ञान संकायका शिक्षक गजेन्द्र यादवले जानकारी दिए । विज्ञान विषयको फिजिक्स, केमेस्ट्रिक, वाईलोजी, जियोलोजी लगायतका विषय अध्ययन गरी प्रयोगात्मक अभ्यास अन्तर्गत विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका हुन् ।

विद्यार्थीहरुले हेलिक्पटर, डोजर, वासिङ्ग मेसिन, पैसा छाप्ने मेसिन, ज्वाला मुखी, र माछा राख्ने एक्युरियम जस्ता विभिन्न विज्ञानका कलाहरु प्रर्दशनीमा राखेका थिए ।

विद्यार्थीहरुलाई पढाइका अतिरिक्त विभिन्न विज्ञान कला, खेलकुल तथा मनोरञ्जन प्रदान गर्दै आएका विद्यालयका प्रिन्सीपल धनकुमार राईले जानकारी दिए । २०६३ सालमा स्थापना भएको विद्यालयमा दक्षिणभेग तथा विराटनगर मिल्स एरीयाका करिब ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नै निजी भवन रहेको विद्यालयमा खेलकुद तथा पढाईका लागी नयाँ विधी अपनाएर पढाई गराईदै आएको प्रिन्सीपल डिवी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर