RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड, शिक्षादीप र हिमालयन कलेज मर्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०७५, सोमबार १४:३१
3
Shares
मर्च भएपछी हात मिलाउँदै दुई संस्थाका अध्यक्ष । तस्वीर -पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा रहेको मेरिल्याण्ड, शिक्षादीप र हिमालयन दर्शन कलेज मर्च भएका छन् । स्नातक तह वा सो भन्दा माथिका विभिन्न संकायको लागि यी तीन कलेजहरु मर्च भएको विराटनगरमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।

मर्च भएपछी सामुहिक तस्वीर खिचाउँदै तीनै संस्थाका सञ्चालकहरु
त्रिभुवन विश्व विद्यालयका बिएससी सिएसआइटी, बिआइएम, बिसिए, बिबिएस र बिएचएम संकायहरु संचालन अब मेरिल्याण्ड र शिक्षादीपको एउटै समूहले गर्ने निर्देशक भेषराज पोखरेलले जानकारी दिए । यसका लागि संस्थापक गुणराज ढुङ्गेलको अध्यक्षतामा सात सदस्यीय समिति निमार्ण गरिएको बताइएको छ । मर्च पछि पठनपाठन भने हिमालयन दर्शन कलेजमा हुने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । यस अघि शिक्षादीप कलेजमा कक्षा १२ सम्म मात्र पठनपाठन हुने गरेको थियो । त्यस्तै मेरिल्याण्डमा व्यवस्थापन संकायमात्र पठनपाठन भइरहेको थियो ।

विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न तीन कलेजहरु एक भएका संस्थापक गुणराज ढुङ्गेलले बताए । हिमालयन दर्शन कलेजमा एसअघि बिएससी सिएसआइटी, बिबिएस मात्र पठनपाठन हुँदै आएको थियो । मर्चपछि तीन वटा कोर्ष थप भएको छ । जसमा बिआइएम, बिसिए र बिएचएम रहेको छ । यस संकायको लागि भर्ना समेत खुलेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर