RUMPUM
animated ellipse animated ellipse

गणिनाथ गोविन्द जीको जन्म जयन्तीमा कलश यात्रा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०७५, शनिबार १६:१६
3
Shares
विराटनगर / १००८ श्री श्री वावा गणिनाथ गोविन्द जीको जन्म जयन्तीको अवसरमा विराटनगरमा आज विभिन्न कार्यक्रमको आयोजना गरियो ।

हलुवाई समाजको कुल देवताको रुपमा चिनिने वावा गणिनाथको जन्म जयन्तीमा समाजले कलश तथा झाँकी सहितको रथ यात्रा निकालेर नगर परिक्रमा गरेको थियो ।
विराटनगरको रौनियार धर्मशालामाबाट निस्केको रथयात्राले नगरको विभिन्न भागको परिक्रमा गर्दै हाटखोेला स्थित गणीनाथ वावाको मन्दीरमा पुगेरसभामा परिणत भएको थियो ।

सभामा ठुलो संख्यामा हलुवाई समाजको सहभागिता रहेको थियो । रथायात्रमा झापा , मोरङ तथा सुनसरीलगायत भारतवाट समेत हलुवाई समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रम १० हजारभन्दा वढि हलुवाई समुदायको सहभागी रहेको हलुवाई सेवा समाज कल्याण सेवा समितिका अध्यक्ष दिनेश साहले वताए । हलुवाई समाजले प्रत्येक वर्ष गणिनाथ वावाको जन्मोत्सव मनाउदै आएको उनको भनाई छ । वावाको जन्मोत्समा हलुवाई मात्र नभएर सवै समुदायका मानिसहरु सहभागी हुने गरेकाले यसको महत्व वढदै गएको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर