पूर्वाञ्चल खबर
जिफन्टले विराटनगरस्थित रहेको पुर्वाञ्चल अनाथ आश्रमका बालबालिकासंग आज एक कार्यक्रमको बिच तीज मनाएको हो । आश्रमका रहेका ८० जना बालवालिकाहरुसँग भोजन गराउनको साथै रमाइलो गरेर आउँदै गरेको तीज पर्व मनाएको जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिए । सोही अवसरमा आश्रममा रहेका बालवालिकाहरुलाई स्टेशनरीको सामाग्री समेत प्रदान गरेको उनले बताए ।