पूर्वाञ्चल खबर
पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगरको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत फोहर उठाउन जुटेका थिए । फोहर व्यवस्थापनमा जुटेका यूवाहरुमाझ पुगे विराटनगर महानगरका मेयर भीम पराजुली । अनी हौसाए यूवाहरुको टिमलाई । मेयर पराजुली फोहर संकलन अभियानमा सरिक भए ।
रथयात्राको पछि पछि तीनपैनीवाट शुरु भएको फोहर संकलन अभियानमा अझ यूवाहरुको टिम थपियो । यो क्रम विराटनगरको जलजला मोडसम्म पुग्यो । सफासुन्दर बनाउने अभियानमा जुटेका यूवाहरुलाई फोहर संकलन गर्न धेरै समयनै लागेन । सेवाभावका साथ खुवाएको पानिका बोतल,प्लाष्टिकका कप र अन्य प्लाष्टिक जन्य सामाग्री सडकभरी छरपस्ट थिए । तीनै सामाग्री उठाउदै हिडेको यूवाहरुको समूह केही वर्षयता धार्मिक कार्यक्रम तथा समाजिक कार्यमा सहभागी हुदै आएका छन् ।
पाइला परिबर्तनका प्रकाश सुव्वा ,समाजको लागि हामीका रोनाल कडेल र जीवनदृष्टि पुनर्रस्थापना केन्द्रका जय देवकोटालगायतका नेतृत्वमा खटिएका यूवाहरुले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन लागि पर्ने बताएका छन् ।