पूर्वाञ्चल खबर
आउँदै गरेकोे तीजको दर खाने कार्यक्रमका लागि संकलन गरेको रकमले बाढी पीडित २३ परिवारलाई आज राहत बितरण गरेको हो । बुधबार रातीको बर्षाले सिंघीया खोलामा आएको बाढी सुकुम्बासी बस्तीमा डुवान भएपछि २० घर परिवार बिस्थापित भएका छन् । संस्थाले बिस्थापित परिवारलाई नजिकैको चौरमा त्रिपालको अस्थायी टहरा निर्माण गरिदिएको थियो । उनीहरु त्यही टहरामा बस्दै आएका छन् । बाढी पसेर घर हिलामे भएकोले घर फर्किन समय लागेको बाढी पीडितहरुले बताए ।
बाढीपिडित अपाङ्ग परिवार बलराम घोष, मुलाइ राजवंशी र रुक्मिनी सहनीलाई ७ बोरा चामल, ५ काटुन च्याउच्याउ, बिस्कुट ५ काटुन, दाल, खाने तेल, नुनलगायतका सामग्री बितरण गरेको छ भने घरमा बाढी पसेर बिस्थापित भएका २० परिवारलाई एक साताका लागि पुग्ने खाद्यान्न सामग्री बितरण गरेको संस्थाका बरिष्ठ उपाध्यक्ष राम पोखरेलले बताए । संस्थाले बिहिबारदेखि शुक्रबार रातीसम्म विस्थापित २० परिवारलाई खाना, नास्ता खुवाउँदै आएको थियो ।