पूर्वाञ्चल खबर
देउवाले गरिरहेको हस्तक्षेपको कांग्रेसका बहुसंख्यक मेहरहरुले विरोध पनि जनाइरहेका छन् । अधिकांशले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई नेपाल नगरपालिका संघको महासचिव बनाउनु पर्ने माग गरेका छ्न । सवैको रोजाइमा परेका मेयर पराजुलीलाई पाखा लगाएर देउवा पक्ष अगाडी वढेकोमा धेरैले आपत्ती जनाएका छन् । अन्तिम समयमा आएर देउवा पक्षले निलकण्ठ नगरपालिकाका धादिङका मेयर भीम ढुङानालाई उचाल्ने काम गरिरहेका छन् । ढुङाना भ्रष्टाचार केसमा समेत मुछिएका व्यक्ति हुन् । यस्तै एनजिओ चलाएर बसेका उनको विषयमा संस्थामित्रै भ्रष्टाचार गरेको आरोप समेत लाग्दै आएको छ ।
भ्रष्टाचार लगायतका विषयमा जोडिएका ढुङानाका विषयमा देउवा पक्ष पनि विभाजित भएको एक नेताले जानकारी दिए । यता महासचिवलगायत केही पदहरु कांग्रेसको भागमा परेको छ । तर कांग्रेस भित्रै देउबा पक्षले गरेको हस्तक्षेपले भने नेपाल नगरपालिका संघको चुनावमा नयाँ तरङ पैदा भएको छ । भीम पराजुली महानगरका मेयर हुन् तर भीम ढुङाना भने नगरपालिकाका मेयर हुन् ।
ढुङानाको मुनी पराजुलीलाई राख्ने देउवा पक्षको लविङ मर्यादा विपरित हुने तर्क अधिवेशनमा सहभागी मेयरहरुको छ । एक मेयरले भने महानगरको मेयरलाई सम्मानित स्थान नदिने र व्यालेन्स नमिलाउने हो भने नेपाल नगरपालिका संघको गरिमामा समेत धक्का पुग्ने निश्चित छ । अर्को तर्फ मर्यादा अनुसार नेपाल नगरपालिका संघ नचलाए महानगरका मेयरहरुले बेग्लै संगठन खडा गर्ने चर्चा समेत अधिवेशनमा चल्न थालेको छ ।