RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय जनगणना २०७८ को तयारी गरिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७५, बुधबार २१:३६
3
Shares
विराटनगर / प्रत्येक १०-१० बर्षमा गरिदै आएको राष्ट्रिय जनगणनाको तयारी सुरु भएको छ । राष्ट्रीय जनगणना २०७८ को तयारी सुरु भएको हो । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना सुरु हुनभन्दा तीन बर्ष अघिदेखि २०७८ को तयारी सुरु गरेको हो । विभागले तयारी सन्र्दभका लागि विराटनगरमा प्रदेश स्तरीय कार्यक्रम गरी सुझाव संकलन गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनगणनाका विषयमा तीनतहको सरकारलाई कसरी समन्वयगर्ने विषयमा छलफल भएको थियो । गणनालाई प्रभावकारी बनाउन स्थानिय सरकार, सरकारी तथा गैर सरकारी संघसस्थाहरुसंग छलफल गरेर अघि बढ्ने बताएको छ ।

यसपटकको जनगणना दुइ ढाचामा सञ्चालन हुने विभागका निर्देशक ढुंडिराज न्यौपानेले बताए । पहिलो चरणमा परिवार सुचिकरण तथा दोश्रो चरणमा व्यक्तिगत गणना मुल प्रश्नावली अनुसार गणना हुने छ ।

नेपालमा जनगणना १९६८ बाट शुरु भएको थियो । प्रत्येक १०÷१० बर्षमा गणना हुदै आएको छ । कार्यक्रममा बोल्दै एक नम्वर प्रदेश आन्तरिक मामिला तथा कानुनमंत्री सवैलाई समेट्नेगरी वैज्ञानिक र व्यवस्थित ढंगले जनगणना हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर