पूर्वाञ्चल खबर
पूर्वाञ्चलमै पहिलो पटक न्यूरोलोजी सेवा सुरु गरेको उक्त हस्पिटलले स्थापनाको डेढ दशक पछि ब्रेन अट्याक सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष डा.विरेन्द्रकुमार विष्टले जानकारी दिए ।
अस्पतालले सुरु गरेको ब्रेन अट्याक केयर सेन्टरको उद्घाटन प्रदेश नम्बर १ का आन्तरीक मामिला तथा कानुन मन्त्रालयका मन्त्री हिक्मत कार्की र समाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।
सेन्टरको उद्घाटन गर्दै मन्त्री कार्कीले स्वास्थ्यको क्षेत्रमा न्यूरोले नयाँ आयम थप गरेको बताए । उनले गुणस्तरीय सेवा प्रदान गरि प्रदेश नम्बरको १ को नमुना हस्पिटल बन्नुपर्नेमा जोड दिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सर्वसाधरणलाई सुलभ उपचार सेवा प्रदान गर्न आग्रह गरे । निजी अस्पतालहरुले बिपन्न नागरिककालागि १० प्रतिशत बेड छुट्याउनुपर्ने बताउदै उनले सेवामुखी भएर काम गर्न आग्रह गरे ।