AArya
RUMPUM
animated ellipse animated ellipse

सुरक्षा गार्डको हत्या आशंकामा ठेला चालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७५, आईतवार १७:३६
3
Shares
विराटनगर / विराटनगर महानगरपालिका २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड ५० वर्षीय टंक भट्राईको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ४ पुलचौकका अन्दाजी २५ वर्षीय सन्जय सहनीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका व्यक्ति हुन् । घटनामा उनको संलग्नताका बारेमा आवश्यक अनुसन्धान र सोघपुछ गर्ने काम भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुरक्षागार्ड विराटनगर ४ पिपलचौकका भट्राईको शव हार्डवेयर भित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते फेला परेको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर