AArya
RUMPUM
animated ellipse animated ellipse

मातृभूमि साहित्य समाजद्वारा साहित्यकार पोखरेल पुरस्कृत हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७५, बुधबार २०:०५
3
Shares
विराटनगर / विराटनगरमा बसेर विगत चार दशकभन्दा लामो समयदेखि साहित्य सेवामा सक्रिय प्राज्ञ विवश पोखरेल पुरस्कृत हुने भएका छन् ।

मातृभूमि साहित्य समाज हेटौंडाले २१ हजार नगदसहित पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यति विकास बैंक (महालक्ष्मी विकास बैंक) संस्थापक रहेको पुरस्कारसहित सम्मानपत्र रहेको छ । पोखरेलका कविता, कथा, निबन्ध, बालसाहित्यका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहने एकजना स्रष्टालाई हरेक वर्ष मातृभूमि साहित्य समाजले पुरस्कृत गर्दै आएको छ ।

यस्तै पोखरेलसँगै ईश्वरी स्मृति मातृभूमि साहित्यिक पुरस्कार जनकपुरका महेन्द्रकुमार मिश्र, श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार काठमाडाौंका वरिष्ठ नाटककार अशेष मल्ल र नित्यगोविन्द मातृभूमि संगीत पुरस्कार मकवानपुरका प्रयागराज मल्ललाई समर्पण गरिने भएको छ । होमनाथ बलदेवी मातृभूमि सम्मानबाट चितवनका हुसैन खा र कनक सिंह वातावरण सम्मानबाट मकवानपुरका विष्णुप्रसाद ढकाल सम्मानित हुने भएका छन् । पुरस्कार र सम्मान भदौ ९ गते शनिबार हेटौंडामा विशेष कार्यक्रमका बीच प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर