CLASSICTECH NET

३८ क्वीन्टल सुन तस्करीमा छुटेका प्रहरी थापा र खड्कालाई थुनामा राख्न आदेश

खबर पूर्वाञ्चल, ५ भाद्र २०७५, मंगलवार २१:४९

विराटनगर / करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिखमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधी नारयणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख र र प्रहरी जवान विष्णबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएको थियो । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी बकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको हो । खडका र थापा निलम्बन एसएसपी श्याम खत्रीका सहयोगी हुन् ।

मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको थियो । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर बताइएको छ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५