खबर पूर्वाञ्चल
कम्पनीको नाममा १५.५ कठ्ठा जमीन तथा उक्त जमीनमा बनेको ३२ कोठाको २ तले पक्की भवनमा प्रयाप्त कक्षा कोठाहरु, विज्ञान प्रयोगशाला, पुस्तकालय एवम् खेलकुदका लागि आवश्यक जमीन तथा पार्किङको पूर्ण व्यवस्था छ । विराट क्याम्पसका कार्यक्रमका बारेमा क्याम्पस प्रमुख आरसी कोइरालासँग गरिएको कुराकानीको सारांश ।
हाल यो कम्पनी अन्तर्गत कुन–कुन कार्यक्रम छन ?
यस विराट क्याम्पस मूनाफा वितरण नगर्ने कम्पनीमा हाल त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त स्नातक तहका कार्यक्रम स्कूल अफम्यानेजमेन्ट स्टडीज अन्तर्गत वि.वि.एस. र वि.एड. साथै स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत वि.एस्सी. संचालनमा छन् भने राष्ट्रिय परीक्षा बोर्ड (कक्षा ११ र १२) अन्तर्गत विज्ञान, व्यवस्थापन र शिक्षा संकायको सम्वन्धन रहेको छ । हाल स्कूल अफ म्यानेजमेन्ट स्टडीज अन्तर्गत वि.वि.एस. (चार वर्षे) र वि.एड. (चार वर्षे) कार्यक्रम मेनरोड स्थीत संसारी माईस्थानको उत्तर पट्टि संचालित छन ।
अन्य कार्यक्रम थप गर्दै हुनुहुन्छ ?
समयको मागअनुसार शीप मूलक शिक्षा देशको आवश्यकता महसुस भएको हुँदा यस विराट क्याम्पस मूनाफा वितरण नगर्ने कम्पनीद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद(सिटिइभिटी) अन्तर्गतका डीप्लोमा इन सीभिल इन्जीनियरीङ र डिप्लोमा इन कम्प्युटर इन्जीनियरीङ कार्यक्रम संचालनका लागि वि.सं.२०६९ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सानोठिमी, भक्तपुरमा निवेदन दिएको र नियमानुसारको धरौटी राखी (सिटिइभिटी)बाट मिति २०७३।०४।१९ मा स्थलगत निरीक्षण समेत सम्पन्न भइसकेको छ र उल्लेखित कार्यक्रम संचालन गर्न यो कम्पनी सक्षम रहेको छ ।
विराटनगरका अन्य शैक्षिक संस्था र यसमा के फरक छ ?
अत्यन्तै फरक छ । अन्य निजी शैक्षिक संस्थाहरुको उद्देश्य नाफा अधिकतम गर्नु रहेको छ तर यो मूनाफा वितरण नगर्ने कम्पनिद्वारा संचालित भएकोले नाफा होइन सेवा र शैक्षिक गुणस्तरलाई बढी जोड दिने संस्थाहो । तसर्थ विश्वव्यापी रुपमा आवश्यक योग्य र दक्ष जनशक्ति उत्पादनमा सधैँ लागि पर्ने छौं ।
यो संस्थाको मूख्य उद्देश्य बताइदिनुस न ?
अहिले नेपालको शैक्षिक क्षेत्रमा देखा परेको ठूलो समस्या एकातिर हातमा सर्टिफिकेट बोकेर जागिर खोज्ने तर नपाइने अर्कोतिर कम्पनी तथा व्यवसायिक संघ संस्थाहरुमा चाहे जस्तो योग्य र दक्ष जनशक्ति नपाउनु हो । यो समस्यालाई समाधान गरि जब प्लेसमेन्ट सहितको शैक्षिक कार्यक्रम संचालन गर्ने यसको मूख्य उद्देश्य हो ।
यसको लागि के गर्नु भएको छ ?
हामीले नेपाल सरकारद्वारा ईजाजत प्राप्त जब डाइनामिक्स डट कम नाम भएको रोजगार प्रवर्धक संस्था सँग साझेदारी गरिसकेका छौ । यस क्याम्पसमा भर्ना भएका विभिन्न क्षेत्रमा रुची भएका विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने साथै विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरि विद्यार्थीको इच्छा, चाहना तथा क्षमता अनुसारको जागिर गर्ने व्यवस्था मिलाउनेछौं ।
यसको संरचना कस्तो छ ?
यो व्यवसायीक नभएर नितान्त शैक्षिक संस्थाहो । यो संस्थामा विभिन्न विषयका ५३ जना सदस्यहरु रहनु भएको छ, यस मध्ये १७ जना प्राध्यापक डाक्टर, ३ जनाविधावारिधी प्राप्त र अन्य सवै जना स्नातकोत्तर उत्तीर्ण हुनुहुन्छ । यसको व्यवस्थापन समितीका अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यहरुमा प्रा. डा. प्रदिप राज प्रधान, प्रा. डा. खगेन्द्र आचार्य, प्रा. डा. दामोदर थापा क्षेत्री, प्रा. डा. नागेन्द्र प्रसाद साह, डा. राजु राम थापा, डा. राम प्रसाद कोइराला, श्री भुराज राई, श्री महेन्द्र सिटौला, श्री देवेश प्रधान र सदस्य सचिव श्री आर.सी कोइराला (क्याम्पस प्रमुख) सहितको ११ सदस्य रहेको व्यवस्थापन समिती छ ।
– अन्त्यमा तपाईको भनाई केही छ ?
स्नातक तह अध्ययन गर्न चाहने विधार्थीहरु यो क्याम्पसमा भर्ना हुन चाहेमा पैसाको कारणले कहीलेपनि समस्या नहुने र रोजगारीका अवसरमा समेत सहभागी हुन पाउने व्यवस्था गरीएको छ । यसको साथै अनुभवी तथा दक्ष प्राध्यापकद्धारा अध्यापन गराईने भएकोले कुनै संकोच नराखी भर्ना लिई आफ्नो सिट सुरक्षित गर्न जानकारी गराउछु ।
तपाईको प्रतिक्रिया