AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य चौकी निमार्णका लागी ५० लाखको जग्गा हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७५, आईतवार १९:४४
3
Shares
कुुमोद अधिकारी
विराटनगर / विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्य चौकी निर्माणकालागी ५० लाख मुल्य वरावरको जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

महानगरपालिकामा आज आयोजित कार्यक्रममा जग्गा दाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुई कठा दशधुर जग्गा महानगरपालिकाकालाई हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाको तर्फवाट मेयर भीम पराजुली र जग्गादाता यादवले सम्झौता पत्रमा हस्ताक्षर गरे । महानगरपालिकाले पत्येक वार्डमा एक स्वास्थ्य चौकी निमार्ण गर्ने उदेश्यले सो ठाउँमा स्वास्थ्य चौकी निमार्ण गर्न लागेको हो ।

महानगरपालिकाका मेयर पराजुलीले जग्गा उपलव्ध भइसकेकाले भदौदेखि निर्माण कार्य शुरु हुने बताए । त्यसका लागी महानगरपालिकाले ५० लाख रुपैया छुटयाएको समेत जानकारी दिए ।
जग्गादाता यादवले गरिव तथा विपन्नवर्गका समुदायलाई सहज रुपले स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले जग्गा हस्तान्तरण गरेको वताए । १४ नम्वर वडाका वडा अध्यक्ष वलदेव यादवले जग्गा प्रदान गर्नु हुने यादवलाई धन्यावाद दिदै महानगरको विकाशमा सवैको सहयोग अपरिहार्य रहेको वताए ।

जग्गा दाता यादवले यस अघि वडामा रहेको श्रीवाल मावी निमार्णकालागी ६ कठा जग्गा समेत दान गरेका थिए । यादवले आफुले पाउने सामाजिक सुरक्षा भत्ता समेत मठ मन्दिरलाई दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर